०७ आश्विन २०८३, बुधबार

मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ: जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् ।

जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लागाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन् । उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लागाएका हुन् ।यस एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालको लागि यो पहिलो जित हो ।

हिजो भएको पुरुष बक्सिङको पुरुष ५५ केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमै आउट भएका थिए । उनी भारतीय खेलाडी जादुमानी सिंहसँग पराजित भएका थिए ।त्यसै महिला बक्सिङमा रमिशा श्रेष्ठ महिला ५१ केजी तौल समूहमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206