०७ आश्विन २०८३, बुधबार

इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

विराटनगर:इलामको रोङ गाउँपालिका–५ देवनथापमा मंगलबार साँझ दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

देवनथापबाट झापाको बुद्धशान्तितर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त १२३६ नम्बरको ट्र्याक्टर भित्री सडकखण्डमा आफैं अनियन्त्रित भएर साँझ करिब ७ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ट्रायाक्टर चालक झापाको मेचीनगर नगरपालिका–५ नकलबन्दाका अन्दाजी ४० वर्षीय अमित धिमालको मृत्यु भएको हो ।

धिमाल ट्र्याक्टरको अगाडिको भागले थिचिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार चिप्लो सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206