०६ आश्विन २०८३, मंगलबार

भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

कास्की:भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि रु २४ लाख ३३ हजार ९५२(नौ सय बाउन्न) सहयोग गरेको छ ।

गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर आज भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो । रसुवा–भोटेकोशीमा गएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सो सहयोग गरिएको भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा रहेका विभिन्न पल्टनका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा सहभागी भूतपूर्व सैनिकले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकबाट रकम सङ्कलन गरेका थिए ।

नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकले विपद्का समयमा सञ्चालन गर्दै आएको सहयोग अभियानअन्तर्गत हालसम्म रु दुई करोडभन्दा बढी रकम कोषमा जम्मा गरिसकेको गोरखा ब्रिगेड जनाएको छ । अध्यक्ष खत्रीले विपद्का समयमा भारतीय भूतपूर्व सैनिक एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताउनुभयो । “देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिक एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ । हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206