०२ माघ २०८२, शुक्रबार

बाल संगठन सभापति पहाडीले गरे पदभार ग्रहण

Logo
Pulse Khabar शुक्रबार, आषाढ २७, २०८२

विराटनगर । नेपाल बाल संगठन जिल्ला कार्यसमिति मोरङका सभापति नवीन पहाडीले पदभार ग्रहण गरेका छन् । आज समितिको कार्यालयमा एक कार्यक्रमकाबीच उनले पदभार ग्रहण गरेका हुन् । पहाडीले पदभार ग्रहण गर्दै बाल संगठन केन्द्रीय कमिटीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

तदर्थ समितिको सभापतिका रुपमा उनलाई नेपाल बाल संगठनले जिल्ला कार्यसमितिको सभापतिका रुपमा मनोनित गरेको थियो । जिल्ला बाल संगठन मोरङको स्वामित्वमा रहेको चल अचल सम्पत्तिको संरक्षण तथा तीन महिनामा जिल्ला बाल संगठनको अधिवेशन गरि नेतृत्व चयन गर्ने जिम्मेवारी उनीमाथि छ । संगठनको हितका लागि आफू निरन्तर लागि पर्ने उनले बताए ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष बलराम गिरीले बालबालिकाको हितको लागि सबै पक्ष सजग हुनु पर्ने बताए । उनले यसका लागि आफूहरुले हरसम्भव सहयोग गर्ने बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206