०६ आश्विन २०८३, मंगलबार

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ:जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ ।

योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान प्राप्त गरेको थियो । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा आज भएको खेलमा नेपाल मङ्गोलियासँग ३–० सोझो सेटमा पराजित भएको हो । मङ्गोलियाले पहिलो सेट २५–२३ अङ्कले जित्यो ।

मङ्गोलियाले दोस्रो सेट २५–१७ अङ्क तथा तेस्रो सेट २५–१३ अङ्कले जित्यो ।प्रतियोगितामा नेपालले पाँचवटा खेल खेलेको थियो । जसमध्ये एउटामा जित तथा चारवटामा पराजित भयो । समूह चरणको खेलमा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो भने त्यसपछि नवौँदेखि १४औँ स्थानका लागि भएका खेलमा नेपालले कजाकिस्तानलाई मात्र पराजित गर्न सफल भएको थियो । हङकङसँगको खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206