०६ आश्विन २०८३, मंगलबार

भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

दमौली (तनहुँ): रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उहाँको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।

व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत हुनुहुन्थ्यो । भोटेकोशीमा गएको बाढीपछि बेपत्ता उहाँको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले आज व्यास नगरपालिका–५ स्थित घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।विसं २०६२ असोज ३० गते जन्मिनुभएकी कुमाल २०८१ सालमा नेपाली सेनामा भर्ती हुनुभएको थियो । नेपाली सेनामा सेवा सुरु गरेपछि उहाँ रसुवाको टिमुरेमा रहेको श्रीनाथ गणमा कार्यरत हुनुहुन्थ्यो ।

शव भेटिने सम्भावना न्यून हुँदै गएपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको उहाँका पिता अमर कुमालले बताउनुभयो ।कुमालको दाहसंस्कारअघि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट नेपाली सेनाको टुकुडीले घाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । त्यसपछि उहाँका हजुरबुबा गुरुबहादुर कुमालले कुशको शवमा दागबत्ती दिनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206