०६ आश्विन २०८३, मंगलबार

२०औँ एसियाली खेलकुदः टेबलटेनिसमा इभाना–रुवीनको जोडी विजयी

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ: जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको मिक्स डबल्सतर्फ नेपालका इभाना थापा र रुवीन महर्जनको जोडी विजयी भएको छ ।

जापानको स्काइ हल टोयोटामा आज भएको पहिलो चरणको खेलमा इभाना र रुवीनले पाकिस्तानका मुहम्मद खान र कल्सुम खानको जोडीलाई ३–० ले पराजित गरे । नेपालले पहिलो सेट ११–६ अङ्क, दोस्रो सेट ११–८ अङ्कले तथा तेस्रो सेट ११–४ अङ्कले जितेको हो । इभाना र रुवीनको जोडीले बुधबार हङकङका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छ ।

सोही स्पर्धामा नेपालका संयोग कपाली र नविता श्रेष्ठको जोडी भने पहिलो चरणबाटै बाहिरियो । मङ्गोलियाका अन्खबायर बिल्गुन र सेर ओड अन्खमाको जोडीसँग कपाली र श्रेष्ठको जोडी ३–१ पराजित भएको हो । नेपालले सुरुआती सेट ११–२ अङ्कले जितेको थियो । त्यसपछि मङ्गोलियाले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । मङ्गोलियाले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः ६–११, ६–११ र ९–११ अङ्कले जित्यो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206