०६ आश्विन २०८३, मंगलबार

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

सर्लाही: नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ ।

हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो । सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् । उपचार केन्द्रमा सेवा लिन आउनुभएकी हरिपुर्वा–३, कि रुपनी देवीले गाउँमै सेवा पाएको जनाउँदै खुसी व्यक्त गर्नुभयो । आँखा उपचारको लागि टाढा धाउनुपर्दा धेरै खर्च भएको उहाँको अनुभव ताजै छ । “दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो”, उहाँले सुनाउनुभयो, “उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो । दुःख धेरै पाइयो, खर्च उस्तै भयो । अहिले सबै सुविधा गाउँमै आयो ।”

अस्पतालमा चिकित्सक सधैँ बस्नुपर्ने उहाँको माग छ । सेवा सुरु गरेको केही समयपछि बन्द हुने समस्याले आफूहरू आजित भएको जनाउँदै स्वास्थ्य सेवा निरन्तर पाए आसपासका पालिकाका नागरिकले समेत सेवासँगै राहत पाउने उहाँले बताउनुभयो । हरिपुर्वा नगरपालिका, स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले अब आँखाका बिरामीले अन्योलमा भौतारिनुपर्ने, टाढा धाउनुपर्ने समस्या नहुने जानकारी दिनुभयो ।नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीको लागि आवश्यक उपचार सामग्री, औषधिलगायतको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएकोे जानकारी दिनुभयो । केन्द्रले आवश्यकताअनुसार बेलाबेलामा मोतिया विन्दुको शल्यक्रियालगायतको निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिने उहाँको भनाइ छ । नगरका वयोवृद्ध आमा, बुबाले अब आँखाको ज्योति खोज्न भौतारिनु नपर्ने उहाँले दाबी गर्नुभयो । सेवा सञ्चालन भएसँगै आँखाका बिरामीको आकर्षण बढेको नगर स्वास्थ्य शाखाले जनाएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206