३० आश्विन २०८३, शुक्रबार

कोशीसहित तीनवटा प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी र पहिरोको जोखिम

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौं:नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव देखिएको छ ।

बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रसमेत थप सक्रिय हुँदै उत्तर–पश्चिमतर्फ सर्ने भएकाले आगामी दिनमा वर्षा बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज (मंगलबार) बिहान कोशी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा मौसम बदली भएको छ । तराईका अधिकांश भू–भागमा भने मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।मंगलबार दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति कोशी र मधेश प्रदेशसहित देशका हिमाली क्षेत्रमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा बाँकी तराई भू–भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका समेत केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी तथा मधेश प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप बलियो हुँदै अघि बढ्ने क्रममा रहेकाले मौसममा हुने परिवर्तनलाई ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206