०२ माघ २०८२, शुक्रबार

धरानको चिन्डेडाँडामा गर्मीयामसँगै पर्यटकको चहलपहल बढ्यो

Logo
Pulse Khabar शुक्रबार, आषाढ २७, २०८२

सुनसरी । धरान–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। धरान बजार, इटहरी, झापा, चितवन, काठमाडौँलगायत स्थानबाट दैनिक सयौँ पर्यटक साथीभाइ वा परिवारसहित यहाँ घुम्न र हाइकिङ गर्न आउने गरेका छन्।

धरान बजारदेखि १५–२० मिनेट गाडी वा करिब एक घण्टा पैदल हिँडेर पुगिने चिन्डेडाँडा रमणीय दृश्यावलोकनका साथै हाइकिङ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। पहिले उजाड देखिने यो डाँडा पछिल्ला दुई दशकयता पर्यटकीय गन्तव्यको रूपमा विकास भएको स्थानीय बताउँछन्।

स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा यहाँ दैनिक तीन सयजति पर्यटक पुग्छन्। उनीहरू लोकल कुखुराको मासु, तोङ्बा, सुकुटीजस्ता मौलिक परिकार स्वाद लिन रुचाउँछन्। दिनभरिको छोटो घुमफिरका लागि उपयुक्त मानिने यहाँ केही पर्यटक बास बस्ने पनि गर्छन्।

हाल कच्ची सडकका कारण वर्षायाम र जाडोमा यात्रा असहज हुने व्यवसायीको गुनासो छ। यद्यपि सर्दुखोलामा पुल बनेपछि यात्रा केही सहज भएको छ। पहिला नाङ्गो देखिने डाँडा भएकाले ‘चिन्डेडाँडा’ र बाटो हिँड्नेले रमिता हेर्ने भएकाले ‘रमितेडाँडा’ नाम रहन गएको हो।

डाँडामा भ्यूटावर, घरबास, एड्भेन्चर पार्क खुलिसकेका छन्। नगरप्रमुख हर्कराज साम्पाङको नेतृत्वमा किरात राई देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माणको तयारी भइरहेको छ। स्थानीयको अपेक्षा छ— सडक सुधार र पूर्वाधार विस्तारसँगै चिन्डेडाँडा धरानको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206