०५ आश्विन २०८३, सोमबार

भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी पुनःस्थापना गर्ने योजना अघि बढाइने बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुनःस्थापनाका विषयमा छलफल गर्नुभएको हो ।मन्त्री तिमिल्सिनाले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने भएकाले सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनःस्थापनाको तयारी गर्नुपर्ने बताउनुभयो । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजना अघि बढाइने उहाँले जानकारी दिनुभयो ।भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकासका लागि आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो । पुनःस्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने तथा सङ्घीय सरकारले आवश्यक नीतिगत, आर्थिक र प्राविधिक सहयोग गर्ने उहाँको भनाइ छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम अझ व्यवस्थित बनाउनुपर्ने, प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने र अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्नुपर्ने विषयमा मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभयो ।विभिन्न गैरसरकारी तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि अध्यक्ष अर्यालले जोड दिनुभयो ।छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने तथा बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिने विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206