०५ आश्विन २०८३, सोमबार

एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ:जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । दुवै हाफमा पछि परेको नेपाल ५९(उनसट्ठी) –४८ अङ्कले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा थाइल्यान्डसँग नेपाल २८–२४ ले पछि पर्‍यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन ।

दोस्रो हाफमा पनि थाइल्यान्डको आक्रामक शैलीलाई रोक्न नेपाल असफल रह्यो । दोस्रो हाफमा थाइल्यान्डले ३१ अङ्क जोड्दा नेपालले २४ अङ्क बनाउन सक्यो ।समूह ‘बी’ रहेको थाइल्यान्डले ११ अङ्कको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोक्कामगरको कप्तानीमा नेपालले जित निकाल्न असफल भयो । समूह बी अन्तर्गत नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206