०५ आश्विन २०८३, सोमबार

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

झापा:कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९(उन्नाइस) सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ । उहाँका अनुसार झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ । संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद विरामी अस्पतालमा रहेको उहाँले जानकारी दिनुभयो । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206