०२ माघ २०८२, शुक्रबार

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

Logo
Pulse Khabar बिहिबार, आषाढ २६, २०८२

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित वडा कार्यालयमा बुधबार आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

विद्युत् चुहावटका कारण कार्यालयमा आगलागी भएको वडाध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए। उनका अनुसार आगलागीबाट करिब ७ लाख ९८ हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ।

आगोले कार्यालयका ९० वटा कुर्सी, ४ वटा दराज, सोफा सेट, टेबल र एउटा फ्रिज पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष भट्टराईले बताए। आगलागीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206