३० आश्विन २०८३, शुक्रबार

पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा रु एक लाख जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ ।

नगर कार्यपालिकाको १९(उन्नाइस)औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति उक्त नगरले सार्वजनिक ‘माफी’ मागेको छ । विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउँदै स्थानीय तहमा पहिलोपटक उक्त कार्यक्रम सार्वजनिक गरेको हो । पाँचखाल नगरभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरले रु एक लाखबराबर रकम बैंक खातामा जम्मा गरिदिनेछ ।

नगरप्रमुख खरेलका अनुसार जम्मा गरिएको रकम १८ वर्षसम्म झिक्न पाइने छैन । सो रकम उच्च शिक्षा, सीप विकास तथा भविष्य निर्माणमा उपयोग गर्न सकिने नियम बनाइएको छ । यदि शिशुको मृत्यु हुन गएमा उक्त रकम निजकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।“पाँचखालका दलित समुदायका बालबालिकाको हितका लागि यस्तो कार्यक्रम ल्याएका हौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरण एवं गरिबीका कारण उत्पन्न हुने चरम निराशा र सामाजिक असमानताको अन्त्य गर्ने कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206