३० आश्विन २०८३, शुक्रबार

भोटेकोशी बाढीः तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

पोखरा:भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा रु ७० लाख ४७ हजारबराबरको रकम जम्मा भएको छ ।

गत भदौ १४ गतेदेखि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो । अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, सङ्घसंस्था, भाइखलक तथा चेलीबेटी परिवारलगायतले सहयोग गरेको उहाँले बताउनुभयो ।सङ्कलित रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अभियानमा सहयोग गर्ने सबैलाई तमु धीं नेपालले धन्यवाद ज्ञापन गरेको छ ।छिन्नमस्ता मन्दिरको एक लाख ५१ हजार सहयोग: सप्तरीः सप्तरीको छिन्नमस्ता मन्दिरले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि रु एक लाख ५१ हजारबराबरको सहयोग गरेको छ ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले मन्दिर समितिका तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गर्नुभएको हो ।उहाँले भन्नुभयो, “उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने छ ।” मन्दिर समितिको तर्फबाट थोरै भए पनि बाढीपीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । चेक ग्रहण गर्दै मन्त्री यादवले विपदको समयमा मन्दिर समितिले देखाएको समाजिक सद्भावको भावनालाई सकारात्मक लिएको बताउनुभयो । बाढीले रसुवा, नुवाकोट, धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206