३० आश्विन २०८३, शुक्रबार

मौसम अलर्ट: कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

काठमाडौं:देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज (सोमबार) कोशीसहित चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ । ती क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।हाल कोशी र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने मधेशमा आंशिक बदली रहेको छ । कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सोमबार दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी, मधेश र बागमतीका तराई क्षेत्रका केही स्थानमा समेत वर्षाको सम्भावना छ । राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।यसैबीच, उत्तर अन्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम महाशाखाको पूर्वानुमान छ । मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात, पर्यटन, स्वास्थ्य तथा उद्धार र राहतका काममा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना हेर्न महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206