०५ आश्विन २०८३, सोमबार

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ: प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

डाक्नेश्वरी-६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले लागुऔषध लुकाइ राखिएको भन्ने विशेष सूचना पाएपछि भोला र मङ्गलको घर तलासी गर्दा उक्त मात्रामा गाँजा जस्तो देखिने पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206