२७ आषाढ २०८२, शुक्रबार

मोरङमा उखु घारीबाट ८०२ किलो गाँजा बरामद

Logo
Pulse Khabar बिहिबार, आषाढ २६, २०८२

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय रंगेली, गडेरीया नोचा प्रहरी चौकी, अमाहीबरीयाती प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गएराति ८०२ किलो गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार गाँजा २६ वटा बोरामा प्याक गरेर उखु घारीभित्र लुकाइएको अवस्थामा भेटिएको थियो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र रूपमा भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बगोटीले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय मोरङका सीमावर्ती क्षेत्रहरूमा लागुऔषध कारोबारविरुद्ध निगरानी र कारबाहीलाई कडाइ गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206