०४ आश्विन २०८३, आइतबार

१५औँ महाधिवेशन: कांग्रेसको वडा अधिवेशन आज बाँकी ३१ जिल्लामा हुँदै

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

काठमाडौं:नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज (आइतबार) थप ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ ।

अधिवेशनबाट वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि पनि छनोट गरिनेछ ।केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो । ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको समितिले जनाएको छ ।बाढीपहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तत्काल वडा अधिवेशन हुने छैन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित ती जिल्लामा स्थानीय परिस्थितिको मूल्यांकन गरी अधिवेशनको नयाँ मिति तय गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रूपमा अघि बढेको जानकारी दिए । उनका अनुसार बाँकी जिल्लामा पनि निर्धारित प्रक्रियाअनुसार वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा तहबाट सुरु भएको निर्वाचन प्रक्रिया क्रमशः माथिल्ला तहमा अघि बढ्नेछ

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206