०२ माघ २०८२, शुक्रबार

प्रधानमन्त्रीको शुभकामना : “हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्”

Logo
Pulse Khabar बिहिबार, आषाढ २६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलिन सकोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै आफूलाई अरुमाथि प्रश्न गर्नेभन्दा पनि आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने ‘दीप’ आवश्यक हुने उल्लेख गरे। उनले त्यस्तो दीप भनेको विवेक भएको बताए।

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा समेत मनाइने स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ।”

फेसबुकमा उनले लेखेका छन्, “गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्। गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्। सबैलाई शुभकामना।”

गुरु पूर्णिमा हिन्दू परम्पराअनुसार महर्षि व्यासको जन्मजयन्तीका रूपमा मनाइन्छ। यस दिन गुरु र शिक्षकप्रति श्रद्धा व्यक्त गर्ने चलन छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206