०४ आश्विन २०८३, आइतबार

कोशीसहित तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

काठमाडौं:देशमा मनसुनी वायुको प्रभाव कायमै रहँदा पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले आज (आइतबार) देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ ।हाल लुम्बिनी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली छ । तराईका अधिकांश भू–भागमा भने आंशिक बदली रहेको छ । बागमती प्रदेशका थोरै तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आइतबार दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले ती क्षेत्रका नदी, खोला तथा पहिरोको जोखिम रहेका स्थानमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

राति पनि मौसममा ठूलो सुधार आउने छैन । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206