०३ आश्विन २०८३, शनिबार

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने

Logo
Pulse Khabar शनिबार, आश्विन ०३, २०८३

काठमाडौँ:भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले रु ५७ करोड ८५ लाख प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो ।समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण र मनोसामाजिक सहयोग प्रदान गरिने छ । साथै, नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ ।

समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म सहयोगलाई निरन्तरता दिइने छ । परिषद्ले लाभग्राहीको पहिचान, समन्वय तथा बाल संरक्षणमा सहजीकरण गर्नेछ भने फाउन्डेसनले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206