०१ आश्विन २०८३, बिहिबार

विराटनगरमा ६ दिने ‘मेगा ब्लड डोनेसन ड्राइभ’ हुने

Logo
Pulse Khabar बिहिबार, आश्विन ०१, २०८३

विराटनगर:विराटनगरमा साता व्यापी ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ ।

तेरापन्थ युवक परिषद् विराटनगरले रक्तदानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ साता व्यापी रूपमा ‘मेगा ब्लड डोनेसन ड्राइभ’ को आयोजना गर्न लागेको हो ।परिषद्ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनकाे आयोजना गरेर ‘मेगा ब्लड डोनेसन ड्राइभ’बारे जानकारी गराएको छ । परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेको बताए । उनले यस पटक मात्रै नभई धेरै वर्षदेखि नियमित रूपमा यो साता व्यापी रूपमा अभियान सञ्चालन गर्दै आएको प्रस्ट्याए ।मेगा ब्लड डोनेसन ड्राइभ’ का संयोजक पवन पारखले रक्तदानलाई मानवीय सेवासँग जोड्दै धेरै युवा र सर्वसाधारणलाई अभियान सहभागी गराउने उद्देश्य रहेको जानकारी दिए ।

उनले विगत वर्षहरूमा कुनै एक ठाउँलाई केन्द्रित गर्दै अभियान गर्दै आएकोमा यस पटकको अभियानलाई ‘कर्पोरेट’ संस्थालाई लक्षित गरेर अभियान गर्न लागको बताए ।‘मेगा ब्लड डोनेसन ड्राइभ’ असोज २ गतेदेखि ७ गतेसम्म विभिन्न ‘कर्पोरेट’ (व्यावसायिक संस्था) मा आयोजना हुनेछ । असोज २ गते तेरापन्थ भवन, ३ गते भाटभटेनी, ४ गते रघुपति जुट मिल, ५ रिलायन्स स्पिनिङ मिल्स, ६ गते अरिहन्त मल्टिफाइबर्स र ७ गते सेन्चुरी स्पाइसेस एक स्न्याक्स र मार्भेल पाइपिङमा हुने संयोजक पारखले बताए ।यस पटकको अभियानमा ७ सय पिन्ट रगत संकलन लक्ष्य रहेको तेरापन्थ युवक परिषद्ले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206