३१ भाद्र २०८३, बुधबार

कोशीसहित तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

Logo
Pulse Khabar बुधबार, भाद्र ३१, २०८३

काठमाडौं:कोशीसहित तीन प्रदेशका केही स्थानमा आज (बुधबार) भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कोशीका हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको हो ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
कोशी प्रदेशसहित देशभर साधारणतया बदली रहनेछ । कोशीका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम हुनसक्ने चेतावनी दिइएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

अन्य प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।राति पनि कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा तथा मधेश र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात र अन्य क्षेत्रमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना हेर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206