२७ भाद्र २०८३, शनिबार

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

Logo
Pulse Khabar शनिबार, भाद्र २७, २०८३

बनेपा (काभ्रे):चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ ।

पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ ।गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ । गुँला धर्म नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेषगरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन् ।यो पर्वमा मौलिक बाजा बजाउँदै हाकुपटासी पहिरेका महिलाले बौद्ध चैत्य, इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ ।पर्वमा विशेषगरी नौ बाजा बजाउने चलन छ । पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचालगायतका बाजासँगै भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा र पोङ्गाललगायतका सहायक बाजा बजाइन्छन् । गुँला पर्वमा बजाइने भएकाले यी वाद्ययन्त्रलाई गुँला बाजा भन्ने गरिन्छ ।

बनेपामा वाँख्यो दाफा भजन खलले गुँला अवधिभर दाफा भजन, धा, ताः, बाँसुरीलगायतका परम्परागत बाजाको धुनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखोनीति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा रहेको वाँख्यो दाफा भजन खलका अध्यक्ष रमेश काजी मानन्धरले बताउनुभयो । यस अवधिमा एक छाक मात्र भोजन गर्ने चलन छ ।गुँला धर्म धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई नेवार समुदायको मौलिक सङ्गीत, बाजा, भजन, कला, संस्कृति र पुस्तौँदेखिको परम्परा संरक्षण गर्ने महत्वपूर्ण माध्यम पनि हो । लोपोन्मुख मौलिक बाजा तथा दाफा भजन संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउनु पर्वको उद्देश्य भएको अध्यक्ष मानन्धरले बताउनुभयो ।यही पर्वमा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमाको संस्कारमा सहभागी गराइन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206