विराटनगर:नेपालको पहिलो लायन्स क्लबका रूपमा रहेको लायन्स क्लब अफ विराटनगर तथा लियो क्लब अफ विराटनगरको इन्डक्सन तथा इन्स्टलेसन समारोह विराटनगरस्थित मनास्लु इनमा सम्पन्न भएको छ।
समारोहमा लायन्स क्लब अफ विराटनगरका नयाँ सदस्यहरूलाई सदस्यता प्रदान गर्नुका साथै लायन्स क्लब र लियो क्लबका नयाँ कार्यसमितिको पदस्थापना गरिएको थियो। नयाँ कार्यसमितिको पदस्थापना लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरिया PMJFले गराउनुभएको थियो।लायन्स क्लब अफ विराटनगरको वर्ष २०२६/२७ का लागि लायन चाँद बाबु इराकी अध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै, लियो क्लब अफ विराटनगरको वर्ष २०२६/२७ का लागि लियो सञ्जु गोइत अध्यक्षमा चयन हुनुभएको छ।कार्यक्रममा निवर्तमान तथा नवनिर्वाचित नेतृत्वबीच जिम्मेवारी हस्तान्तरण (सिट एक्सचेन्ज) कार्यक्रमसमेत सम्पन्न भएको थियो। लायन्स क्लबका निवर्तमान अध्यक्ष लायन मनोज मण्डलले नवनिर्वाचित अध्यक्ष लायन चाँद बाबु इराकीलाई तथा लियो क्लबकी निवर्तमान अध्यक्ष लियो सृजना लुइटेलले नवनिर्वाचित अध्यक्ष लियो सञ्जु गोइतलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।कार्यक्रममा लायन फुल कुमार लालवानीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संयोजन लायन शिवनारायण प्रधानले गर्नुभएको थियो। कार्यक्रममा डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो प्रवेश बस्ताकोटीको समेत उपस्थिति रहेको थियो।समारोहमा प्रमुख नेतृत्व तथा अतिथिका रूपमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल, पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG)हरू लायन धिराज गुरुङ, लायन बाबरजंग थापा, लायन लिला ढुंगेल, लायन विजयहरि शर्मा तथा लायन रेवतबहादुर कार्कीको उपस्थिति रहेको थियो।
त्यस्तै, एरिया चिफ लायन सुनिल रेग्मी, रिजन चेयरपर्सन लायन सुभाष अग्रवाल, डिस्ट्रिक्ट सेक्रेटरी लायन रेखा गुरुङ र डिस्ट्रिक्ट ट्रेजरर लायन मीना ढुंगेललगायत लायन्स तथा लियो नेतृत्व, पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्यहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।सो अवसरमा लायन्स क्लब अफ विराटनगरका नयाँ सदस्यहरूलाई स्वागत तथा सम्मान गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।नवनिर्वाचित अध्यक्ष लायन चाँद बाबु इराकीले आफ्नो कार्यकालमा “सन्तुलित सेवा, सशक्त सदस्यता र दीर्घकालीन प्रभाव” भन्ने मूल भावनाका साथ सेवा, सदस्यता विस्तार, युवा सहभागिता तथा समुदायमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।उहाँले लायन्स क्लब अफ विराटनगरको गौरवशाली इतिहासलाई अझ मजबुत बनाउँदै सेवा कार्यलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी रूपमा अगाडि बढाउने बताउनुभएको छ।समारोहमा लायन्स तथा लियो परिवारबीच आपसी सहकार्य, एकता र सेवाभावलाई अझ मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।समारोहको अन्त्यमा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष लायन चाँद बाबु इराकीले सम्पूर्ण लायन्स तथा लियो परिवार, अतिथि एवं शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि एकताबद्ध भएर समाजसेवा तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


