२७ भाद्र २०८३, शनिबार

मनसुनको प्रभाव कायमै: आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Logo
Pulse Khabar शनिबार, भाद्र २७, २०८३

काठमाडौं:मनसुनी वायुको प्रभाव देशभर कायमै रहँदा आज (शनिबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले देशभरको मौसम बदली हुने र वर्षा हुने क्रम जारी रहनेछ ।हाल कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । रातको समयमा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206