२६ भाद्र २०८३, शुक्रबार

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी

Logo
Pulse Khabar शुक्रबार, भाद्र २६, २०८३

धनगढी: कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन् ।

अस्पताल सञ्चालमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार गर्न गाउँपालिका बाहिर गर्नुपर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरु हर्षित भएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक जनशक्ति, उपकरण तथा अन्य आवश्यक व्यवस्थापन मिलाइएकाले गुणस्तरीय सेवा प्रदान भइरहेको बताउनुभयो ।स्थानीयले अस्पताल सञ्चालनमा आएको विषयलाई महत्त्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् । उक्त गाउँपालिका– ५ बैजपुरकी प्रेमदेवी चौधरीले भन्नुभयो, “स्वास्थ्यमा कुनै अप्ठ्यारो भइहालेमा उपचार गर्न धनगढी लगायतका अस्पतालमा धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “घर नजिकै अस्पतालको सुविधा भएपछि निकै सहज भएको छ, उपचार गराउन आवजजावत गर्दा लाग्ने समय र खर्च जोगिएको छ ।”

गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउँदा स्वास्थ्य सेवाको दृष्टीकोणले महत्त्वपूर्ण कार्य भएको भनी स्थानीय चरणलाल चौधरीले खुसी व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले रु १८ करोड ५२ लाख ६३ हजार ८६९(आठ सय उनान्सत्तरी) को लागतमा अस्पताल भवन निर्माण भएको जनाउँदै अस्पताल सञ्चालन आएसँगै इमरजेन्सी, भिडियो एक्सरेलगायतका सेवा विस्तारमा ध्यान दिइएको जानकारी दिनुभयो । अस्पतालका निमित्त प्रमुख बलबहादुर धानुकका अनुसार अस्पतालमा हाल ओपिडी, फार्मेसी, प्रयोगशाला, इसिजी सेवा तथा २४ सै घण्टा प्रसुती सेवा उपलब्ध छन । अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा त्यस अस्पतालबाट एक हजार २०० जना बिरामीले विभिन्न उपचार सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा हाल एक मेडिकल अधिकृतसहित १८ जना कर्मचारी छन ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206