०१ कार्तिक २०८३, शनिबार

कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना

Logo
Pulse Khabar बिहिबार, भाद्र २५, २०८३

काठमाडौं:देशभर मनसुनी गतिविधि सक्रिय रहँदा आज (बिहीबार) विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागमा भारी वर्षा हुन सक्ने देखिएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा मौसम बदली भएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिमको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । मधेश प्रदेशसहित बागमती र गण्डकीका तराई भू–भागका धेरै स्थान तथा कोशी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।राति पनि देशभर साधारणतया बदली रहने अनुमान छ । हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206