२४ भाद्र २०८३, बुधबार

सामाजिक उत्तरदायित्व: प्याब्सनद्वारा राहत कोषमा ६० लाख हस्तान्तरण

Logo
Pulse Khabar बुधबार, भाद्र २४, २०८३

झापा:निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले विपद्बाट प्रभावित नागरिक तथा परिवारका लागि ६० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ।

प्याब्सन नेपालको केन्द्रीय आह्वानमा सञ्चालित राहत अभियानअन्तर्गत झापा शाखाले यो रकम जुटाएको हो । संकलित रकम प्याब्सन नेपालमार्फत नै विपद् प्रभावित क्षेत्रमा पुर्‍याइने र वितरण गरिने जनाइएको छ ।प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार यो अभियानमा जिल्लाभरका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो । बाढी लगायत प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई तत्काल राहत आवश्यक परेको भन्दै झापा शाखाले द्रुत रूपमा अभियान अघि बढाएको बताइएको छ ।

अध्यक्ष कार्कीले अभियानमा योगदान गर्ने सबै शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय तथा अन्य सहयोगदाताप्रति आभार व्यक्त गर्दै विपद्को घडीमा सामूहिक सहभागिताको महत्त्व औँल्याएका छन् । प्याब्सन झापाले यसलाई निजी विद्यालय क्षेत्रलाई शैक्षिक गतिविधिका साथसाथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय बनाउने प्रयासका रूपमा लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206