२४ भाद्र २०८३, बुधबार

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

Logo
Pulse Khabar बुधबार, भाद्र २४, २०८३

भद्रपुर: झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९(उन्नाइस) गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३(त्रियान्नब्बे) हजार ३१९(तीन सय उन्नाइस) नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ । खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुनेछ ।

एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताउनुभयो । उहाँका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठूलो समस्या पार्ने छैन । खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206