विराटनगर :नेपाल प्रेस युनियन मोरङ जिल्ला शाखा (कोशी प्रदेश) को नयाँ नेतृत्व चयन सम्पन्न भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम आधिकारिक नतिजा अनुसार युनियनको मोरङ जिल्ला शाखाको अध्यक्ष पदमा रेडियो बेतौनाका पत्रकार भोजराज बस्नेत चयन हुनुभएको छ। निर्वाचन समितिका संयोजक अविनाश कुमार निधी तथा सदस्यहरू विकास थापा र बाबुराम निरौलाद्वारा जारी विवरण अनुसार १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति, १३ जना संघीय महाधिवेशन प्रतिनिधि तथा १० जना प्रदेश महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको हो।
जिल्ला शाखाका पदाधिकारीहरू : सार्वजनिक नामावली अनुसार कार्यसमितिको उपाध्यक्ष पदमा गोपाल प्रसाद पोखरेल (रेडियो नेपाल) र पर्शुराम निरौला (ई नेपाल) चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा उषा कुमारी सरदार (मकालु टिभी) निर्वाचित हुनुभएको छ। त्यस्तै, सचिव पदमा सन्तोष कुमार वास्तोला (हाम्रो विराटनगर) चयन हुनुभएको छ। सह–सचिवमा अनुज सापकोटा (न्यु सृष्टि) र अन्जना पराजुली (महिला, रेडियो नेपाल) तथा कोषाध्यक्ष पदमा दिलीप कुमार अग्रवाल (मकालु टिभी) चयन हुनुभएको छ।जिल्ला कार्यसमिति सदस्यहरूमा भोजराज घिमिरे (नागरिक दैनिक / रेड एफएम), पुरुषोत्तम कट्टेल (मकालु टिभी), विवेक मेहता (ग्रामीण खबर), शोभा घिमिरे (गुरागाईं) (रेडियो सुसेली), अफताब अली (अपन विराटनगर), दिपेन्द्र साह (निर्मल टाइम्स), प्रेम पारख (एक्सप्रेस न्युज), पारस मण्डल (आवर प्रदेश) र सुभाष भण्डारी (अखबारका कुरा) रहनुभएको छ।
केन्द्रीय संघीय महाधिवेशनका लागि मोरङबाट १३ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ। जसमा शंकर खरेल (न्यु सृष्टि दैनिक), हरी प्रसाद कोइराला (गोरखापत्र), अरविन्द कुमार मेहता (रेडियो नागरिक), मिन कुमार श्रेष्ठ (ब्रेकइङ नेपाल), रोहित कुमार लुइटेल (हाम्रो विराटनगर डटकम), चुमन बस्नेत (नागरिक दैनिक), अनन्तराज न्यौपाने (विजमाण्डु), कुमोद अधिकारी (रेडियो नेपाल), विक्रम निरौला (उद्घोष दैनिक), कमला कँडेल (रेडियो पूर्वाञ्चल), विनोद भण्डारी (क्लिकमाण्डु), सुशीला पाठक (कान्तिपुर) र शेखर रेग्मी (रेडियो स्टार) रहनुभएको छ।
त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधितर्फ १० जना चयन हुनुभएको छ। प्रदेश प्रतिनिधिहरूमा लिलानाथ गच्छदार (जनचर्चा टाइम्स), वेदराज पौडेल (आर्थिक अभियान दैनिक), राजु बस्नेत (रेडियो बेतौना), टेकेन्द्र अधिकारी (उद्घोष दैनिक), पदम कुमार सरदार (मकालु टिभी), रामकुमार परियार (हिमपत अनलाईन), प्रेम प्रसाद भट्टराई (निरन्तर खबर), शम्भु पोखरेल (कान्तिपुर टिभी), राजन पोखरेल (इष्ट खबर) र कुमार खड्का (पूर्वी प्रेस) निर्वाचित हुनुभएको छ।नवनिर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य एवं महाधिवेशन प्रतिनिधिहरूलाई विभिन्न सञ्चारगृह तथा पत्रकार संगठनहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



