२३ भाद्र २०८३, मंगलबार

प्रेस युनियन मोरङको १२ औँ अधिवेशन सम्पन्न: भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Logo
Pulse Khabar मंगलबार, भाद्र २३, २०८३

विराटनगर:नेपाल प्रेस युनियन मोरङको १२ औँ अधिवेशनबाट भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

विराटनगरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएकाे हो ।कार्य समितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला चयन भएका छन् भने महिला उपाध्यक्षमा उषा सरदार निर्वाचित भएकी छन् । त्यसैगरी, सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल सर्वसम्मत चयन भए ।त्यस्तै, सदस्यहरूमा पुरुषोत्तम कट्टेल (सरस), सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, समय घिमिरे र भोजराज घिमिरे निर्विरोध निर्वाचित भए ।अधिवेशनको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पत्रकारहरूलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ । ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार शंकर खरेल, ‘शैलजा आचार्य पत्रकारिता पुरस्कार’ बाट ब्रह्मदेव यादवलाई सम्मानित भए ।

त्यसैगरी, ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ बाट भोजराज बस्नेत र तारा आचार्य सम्मानित भए ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै लोकतन्त्रको रक्षा र नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रेस युनियनले सदैव पहरेदारको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षदेखि आफ्नो बुवाआमाको नामबाट एक जना पत्रकारलाई सम्मान गर्ने घोषणासमेत गरे ।कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले प्रेस युनियन श्रमजीवी पत्रकारहरूको हकहितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष भोजराज बस्नेतले सबैलाई समेटेर मोरङको पत्रकारिता र प्रेस युनियनको साखलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रमका प्रमुख अतिथि डिकबहादुर लिम्बू, युनियनका महासचिव दिलीप पौडेल, उपमहासचिवद्वय अभयकुमार राई र रविन्द्र सुवेदीलगायतले सम्मान गरे ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206