०१ माघ २०८२, बिहिबार

वीरगञ्ज नाकाबाट भटमासको तेल आयात र निर्यातमा वृद्धि

Logo
Pulse Khabar शनिबार, आषाढ २१, २०८२

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेलको आयात र प्रशोधित तेलको निर्यात दुवैमा वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा भटमासको कच्चा तेल मात्रै ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भटमासको कच्चा तेलको आयात जम्मा सात अर्ब ३७ करोड रुपैयाँको मात्र थियो। यसरी चालु आवको ११ महिनामा आयात ६१३ प्रतिशतले वृद्धि भई ४५ अर्ब २१ करोड रुपैयाँ बढी पुगेको हो।

भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार व्यवसायीहरूले वीरगञ्ज हुँदै ठूलो मात्रामा भटमासको कच्चा तेल आयात गरेर प्रशोधन गरी फेरि निर्यात गरेका छन्। “कच्चा तेल आयातको तुलनामा प्रशोधित तेल निर्यात धेरै भएको देखिन्छ,” उनले बताए।

भन्सार कार्यालयका तथ्यांक अनुसार चालु आवको ११ महिनामा रु ५५ अर्ब तीन करोड बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। यो परिमाणमा २५ करोड ८८ लाख लिटरभन्दा बढी तेल पर्दछ। गत आवको सोही अवधिमा भने मात्र आठ करोड ८३ लाख रुपैयाँको चार लाख ६४ हजार लिटर प्रशोधित तेल निर्यात भएको थियो।

यसैगरी सूर्यमुखीको कच्चा पदार्थ आयात र प्रशोधित तेलको निर्यातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु आवको ११ महिनामा नौ अर्ब ७५ करोड रुपैयाँ बराबरको सूर्यमुखीको कच्चा पदार्थ आयात भएको छ, जुन गत वर्षको आठ अर्ब चार करोड रुपैयाँभन्दा करिब दुई अर्बले बढी हो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206