२३ भाद्र २०८३, मंगलबार

कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

Logo
Pulse Khabar मंगलबार, भाद्र २३, २०८३

काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ ।

कांग्रेसले यसअघि भदौ २४ गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलिएको हो ।कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन असोज ३ र ४ गते गर्न लागिएको जानकारी दिनुभयो । उक्त दिन देशभरका छ हजार ७४३ वडामा अधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ ।आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको संयोजक खड्काले जानकारी दिनुभयो । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।

संयोजक खड्काका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ । नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने संयोजक खड्काले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206