२३ भाद्र २०८३, मंगलबार

आज जेनजी सहिद दिवस, सार्वजनिक बिदा

Logo
Pulse Khabar मंगलबार, भाद्र २३, २०८३

काठमाडौं:आज (मंगलबार) जेनजी सहिद दिवस मनाइँदै छ ।

गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।जेनजी आन्दोलनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनमा ज्यान गुमाएका युवाको योगदान र बलिदानको सम्मान गर्दै सरकारले हरेक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।सरकारको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206