२२ भाद्र २०८३, सोमबार

बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग

Logo
Pulse Khabar सोमबार, भाद्र २२, २०८३

बागमती:नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका पत्रकार तथा उनीहरुका परिवारजनलाई रु एक लाख सहयोग गरेको छ ।

महासङ्घले परिवारजन र सम्पत्ति गुमाउनुभएका रसुवाका निराजन पौडेल, बाढी प्रभावित पत्रकार नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारजनलाई आर्थिक सहयोग उपलब्ध गराएको महासङ्घका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो । प्रभावित पत्रकार तथा परिवारको अवस्था हेरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।महासङ्घ बागमती प्रदेशका अध्यक्ष मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल, धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकारलाई भेटेर सहयोग गरिएको नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका सचिव काजी श्रेष्ठले जानकारी दिनुभयो । बाढीबाट सञ्चारमाध्यमसमेत प्रभावित भएका उहाँले उल्लेख गर्नुभयो ।

“कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा समाचार सङ्कलनमा कठिनाइ भएको छ । विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या हुनुका साथै सञ्चार उपकरणमा समेत क्षति पुगेको छ,” सचिव श्रेष्ठले भन्नुभयो । विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेको अवस्थामा बाढीबाट प्रभावित पत्रकारको सुरक्षा, सञ्चार सेवा, आवश्यक उपकरण तथा राहत र उद्धारका विषयमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक रहेको अध्यक्ष मगरले बताउनुभयो । विपद्मा परेका पत्रकारको पुनःस्थापना, बेपत्ता पत्रकारको खोजीका लागि नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशले पहल गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206