०१ माघ २०८२, बिहिबार

 जगदम्बा स्टिल्स लिमिटेडको अपुष्ट र अप्रामाणिक समाचारहरू प्रकाशन–प्रसारण नगर्न अनुरोध

Logo
Pulse Khabar बिहिबार, आषाढ १९, २०८२

रुपेश वर्मा,बारा ।

जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र रहेको सिसिएम प्लान्टमा बुधबार राति भएको भट्टि विस्फोट घटनाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक सूचना र अफवाह फैलिएकोप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले घटना सम्बन्धी तथ्यहरू सार्वजनिक गर्दै संवेदनशील विषयमा अपुष्ट र अप्रामाणिक समाचारहरू प्रकाशन–प्रसारण नगर्न अनुरोध गरेको छ।

विज्ञप्तिका अनुसार, कच्चा पदार्थ पगाल्ने क्रममा ३० टन क्षमताको भट्टिमा अचानक आगलागी भई विस्फोट हुँदा भारत बिहार राज्य, समस्तीपुर घर भएका ३५ वर्षीय अजय बैठा घाइते भएका हुन्।
हाल घाइते बैठाको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र अन्य कुनै मानविय क्षति नभएको, तर भौतिक संरचनामा ठूलो क्षति पुगेको जानकारी गराइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206