२१ भाद्र २०८३, आइतबार

बाढीले मनास्लु पदमार्ग अवरुद्ध

Logo
Pulse Khabar आइतबार, भाद्र २१, २०८३

गोरखा:बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ ।

आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो । बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।“यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरुले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ । बाढीका कारण हालसम्म कुनै मानवीय क्षती भने नभएको सहायक प्रजिअ शर्माले बताउनुभयो । बाढीले पुल बगाएपछि स्थानीयसहित पर्यटक प्रभावित बनेका नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बताउनुभयो ।

“बाढी पहिरोले हामीलाई सङ्कटमा पा¥यो । गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो । कतै जान पनि नमिल्ने भयो,” उहाँले भन्नुभयो ।दुईवटा लघुजलविद्युत् आयोजना बगाएर लगेपछि बत्ती, सञ्चार सेवा तथा विद्युतबाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन् । यस वर्षको शरदऋतु (असोज, कात्तिक) मा २९(उनन्तिस) टोलीका तीनसय ४८ आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ । विभागबाट अहिलेसम्म कूल ३२ टोलीका तीन सय ६७ आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९(उनन्तिस) टोलीका तीनसय ४८ आरोही रहेको विभागले जनाएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206