२० भाद्र २०८३, शनिबार

रथयात्रामा सुरक्षा कडा, भिडमा सावधानी अपनाउन प्रहरीको आग्रह

Logo
Pulse Khabar शनिबार, भाद्र २०, २०८३

विराटनगर: विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

लाखौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको रथयात्रामा चोरी, पाकेटमारी, झैझगडा, मानिस हराउने तथा दुर्घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए।भिडको निगरानीका लागि ड्रोनसमेत प्रयोग गरिने प्रहरीले जनाएको छ। सर्वसाधारणलाई महँगा मोबाइल तथा गरगहना नबोक्न, आफ्ना सामानको सुरक्षा गर्न र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिलाई भीडभाडमा विशेष सावधानी अपनाउन र अग्ला स्थानबाट रथयात्रा नहेर्न पनि प्रहरीले अनुरोध गरेको छ। आपत्कालीन अवस्थामा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिनेछ।

राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राले विराटनगरका विभिन्न मुख्य सडक हुँदै करिब ८ किलोमिटर दूरी पार गर्नेछ। यस क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।यस वर्ष रथयात्रामा डीजे साउन्ड प्रयोगमा रोक लगाइएको छ। आयोजकका अनुसार धार्मिक मौलिकता कायम राख्न भजन–कीर्तन र धार्मिक झाँकीलाई प्राथमिकता दिइनेछ। रथयात्राबाट संकलित भेटी तथा दानपेटिकाको रकम भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने जनाइएको छ। S

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206