२९ भाद्र २०८३, सोमबार
२९ भाद्र २०८३, सोमबार
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विविध
    • साहित्य
    • अन्तरवार्ता

चीन र इयुले ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

Logo
Pulse Khabar बिहिबार, आषाढ १९, २०८२

               चीनका विदेशमन्त्री वाङ यीले आफ्ना युरोपेली सङ्घ (इयु) समकक्षीलाई ‘टकराव’ विरुद्ध चेतावनी दिनुभएको छ । विदेश मन्त्रालयले बिहीबार बेइजिङलाई युरोपको सुरक्षालाई कमजोर पार्न रोक्न आग्रह गरेपछि उहाँको यस्तो भनाइ आएको हो । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति अनुसार बुधबार ब्रसेल्समा काजा कालासलाई भेट्दै विदेशमन्त्री यीले चीन र इयुलाई ‘मतभेदका कारण विपक्षीका रूपमा मान्न नहुने, न त उनीहरूले असहमतिका कारण टकराव खोज्नु पर्ने’ बताउनुभयो । युरोपले विभिन्न चुनौतीको सामना गरिरहेको छ भन्दै उहाँले तर कुनै पनि ‘विगत, वर्तमान वा भविष्यमा’ चीनले गर्दा नभएको जोड दिनुभयो । उहाँहरूको बैठकअघि इयुको विदेश मामिला प्रमुख कालासले चीन ‘हाम्रो विरोधी होइन, तर सुरक्षामा हाम्रो सम्बन्ध बढ्दो तनावमा रहेको’ बताउनुभयो । उहाँले चिनियाँ कम्पनीहरू ‘युक्रेन विरुद्धको युद्धलाई निरन्तरता दिन मस्कोको जीवनरेखा’ भएको बताउनुभयो ।

                उहाँले बेइजिङले साइबर आक्रमण, लोकतान्त्रिक हस्तक्षेप र अनुचित व्यापार अभ्यासहरू गरेको आरोप लगाउँदै यसले ‘युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्‍याउँछ’ भन्नुभयो । युक्रेनसँगको रुसको तीन वर्षभन्दा लामो युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ । तर पश्चिमी सरकारहरूले बेइजिङले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको बताउँछन् । “युरोपसँग नजिकको सम्बन्ध खोज्दै युरोपमा युद्धलाई सक्षम पार्नु भनेको एक विरोधाभास हो जसलाई बेइजिङले सम्बोधन गर्नुपर्छ”, कालासले बुधबार भन्नुभयो । यसैबीच विदेशमन्त्री वाङले महाशक्ति प्रतिद्वन्द्वी वासिङ्टनविरुद्ध बेइजिङलाई एक स्थिर सन्तुलनकर्ताका रूपमा चित्रण गर्न खोज्नुभयो । वासिङ्टनले युरोपेली राष्ट्रहरूबाट आयातमा व्यापक भन्सार शुल्क लगाउने धम्की दिएको छ । “अमेरिकाले लिएको बाटो चीनको प्रतिबिम्बका रूपमा प्रयोग गरिनु हुँदैन”, उहाँले भन्नुभयो, “चीन अमेरिका होइन ।” बेइजिङको विदेश मन्त्रालयले पनि दुई पक्षले युक्रेन, इजरायल र प्यालेस्टिनबीचको द्वन्द्व र इरानको आणविक मुद्दाबारे छलफल गरेको बताएको छ । “बेइजिङ र ब्रसेल्सले एकअर्कालाई ‘सम्मान’ का साथ व्यवहार गर्नुपर्छ”, वाङले भन्नुभयो, “युरोपले अझ बढी ‘सक्रिय र व्यावहारिक’ चीन नीति अपनाउनुपर्छ ।”

               वाङले बुधबार युरोपेली आयोगकी प्रमुख उर्सुला भन डेर लेयन र उहाँका बेल्जियमका समकक्षी म्याक्सिम प्रिभोटसँग पनि भेट गर्नुभयो । “चीन र इयुले बहुपक्षवाद र स्वतन्त्र व्यापारलाई समर्थन गर्नुपर्दछ… र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सँगै मिलेर काम गर्नुपर्दछ”, वाङले भन डेर लेयनलाई भन्नुभयो । वाङले अब जर्मनीको यात्रा गर्नुहुनेछ । जर्मनीमा उहाँले कूटनीति र सुरक्षासम्बन्धी विषयमा विदेशमन्त्री जोहान वाडेफुलसँग वार्ता गर्नुहुनेछ । त्यसैगरी फ्रान्समा, वाङले मार्चमा चीन भ्रमण गरेका युरोप र विदेश मामिला मन्त्री जिन–नोएल बारोटसँग भेट गर्नुहुनेछ । बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इयुका शीर्ष अधिकारीहरूबीचको शिखर सम्मेलन हुनुभन्दा करिब तीन हप्ता अगाडि यी भ्रमणहरू भएका हुन् ।

Advertisement

Advertisement
EMERGENCY TROLLEY
प्रतिक्रिया
Advertisement
Advertisement
ताजा अपडेट
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

भाद्र शुक्ल तृतीयाः विधिपूर्वक तीज व्रत लिइँदै

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206

Developed By : Websoft IT Nepal Pvt. Ltd.
Skip Advertisement

खोजी गर्नुहोस्