१७ भाद्र २०८३, बुधबार

भोजपुरमा वनबाट नौ करोड ६९(उनन्सत्तरी) लाख राजस्व सङ्कलन

Logo
Pulse Khabar बुधबार, भाद्र १७, २०८३

भोजपुर:जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ ।

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५०(नौ सय पचास) राजस्व सङ्कलन गरेको हो ।कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व सङ्कलन भएको हो । जिल्लामा वन क्षेत्र राजस्वको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा निजी वनबाट २९(उनन्तिस) लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण गरिएको छ । काठ निकासीबाट मात्र रु आठ करोड १२ लाख ९३(त्रियान्नब्बे) हजार ९२५ मूल्य अभिवृद्धि कर र रु एक करोड ४६ लाख ५२ हजार ९००(नौ सय) प्रदेश सेवा शुल्क सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।“जिल्लामा वन क्षेत्रबाट हुने काठ तथा अन्य वन पैदावारको कारोबारबाट नौ करोड बढी राजस्व सङ्कलन भएको छ,” प्रमुख मियाले भन्नुभयो, “वन पैदावारको उपयोगसँगै यसको व्यवस्थित व्यवस्थापन र संरक्षणमा समेत ध्यान दिइरहेका छौँ ।”

त्यस्तै, रु पाँच लाख ४१ हजार ८० वन रोयल्टी सङ्कलन भएको कार्यालयले जनाएको छ । वन क्षेत्रबाट राजस्व सङ्कलन हुनाका साथै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर पनि सिर्जना गरेको कार्यालय प्रमुख मियाले बताउनुभयो ।वन क्षेत्रबाट प्राप्त राजस्व र रोजगारीले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याएकोे छ । जिल्लामा पर्याप्त वन क्षेत्र रहेकाले काठ तथा गैरकाष्ठ वन पैदावारको दिगो उपयोग, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयस्तरमा थप रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने कार्यालयको भनाइ छ । जिल्लाको कुल भू–भागमध्ये ८४ हजार १६१ हेक्टर अर्थात् ५५.२८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । वन पैदावारको दिगो उपयोग, स्थानीयस्तरमै प्रशोधन तथा मूल्य अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन सके जिल्लाले वन क्षेत्रबाट थप आर्थिक लाभ हासिल गर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206