विराटनगर:नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ८ हजार ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ९७(सन्तान्नब्बे)हजार ३ सय रूपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार ५ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला ४ हजार ७ सय ५० रूपैयाँ थियो ।
