१६ भाद्र २०८३, मंगलबार

प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन

Logo
Pulse Khabar मंगलबार, भाद्र १६, २०८३

काठमाडौँ: बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९(नौ) वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ । जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ । आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206