१५ भाद्र २०८३, सोमबार

विराटनगरमा इस्कोनद्वारा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी

Logo
Pulse Khabar सोमबार, भाद्र १५, २०८३

विराटनगर:अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले आगामी भदौ १९(उन्नाइस) गते शुक्रबार जैन भवनमा श्रीकृष्ण जन्माष्टमी विशेष समारोह आयोजना गर्ने भएको छ।

इस्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जन्माष्टमी समारोहमा १५ हजारभन्दा बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको जानकारी दिएका छन्। कार्यक्रममा सहभागी भक्तजनलाई प्रसाद वितरण गर्ने व्यवस्था समेत मिलाइएको उनले बताए।श्रीकृष्ण जन्माष्टमी समारोह सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमका लागि विराटनगरका उद्योगी, व्यवसायी तथा सर्वसाधारणको घर–घरबाट सहयोग रकम संकलन भइरहेको अध्यक्ष जोशीले जानकारी दिए।

यसैगरी, भदौ २० गते विराटनगरमा आयोजना हुने ९५(पन्चान्नब्बे)औँ संस्करणको श्रीराधाकृष्ण रथयात्रामा समेत इस्कोन विराटनगर सहभागी हुने अध्यक्ष जोशीले बताए।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206