२९ आश्विन २०८३, बिहिबार
२९ आश्विन २०८३, बिहिबार
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विविध
    • साहित्य
    • अन्तरवार्ता

कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण

Logo
Pulse Khabar बुधबार, आषाढ १८, २०८२

भद्रपुर (झापा) १८, असार : कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ । शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो ।

उहाँका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ । शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिक टन, डिएपी सात हजार पाँच सय ३८ दशमलव ५५ मेट्रिक टन, पोटास सात सय ८७ दशमलव ३५ मेट्रिक टन र चुन एक सय पाँच दशमलव ९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।

शाखाका प्रमुख राजबंशीका अनुसार युरीया प्रतिबोरा आठ सय आठ रुपयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार दुई सय ५८ रुपयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार छ सय ५८ रुपयाँ ५० पैसा र चुन प्रतिबोरा रु दुई सय १५ मा बिक्री वितरण भइरहेको छ । हाल युरीया एक हजार एक सय मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताउनुभयो । शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न पाँच प्रजातीका धानको बीउ विक्री गरेको प्रमुख राजबंशीले जानकारी दिनुभयो । उहाँका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो ।

Advertisement

Advertisement
EMERGENCY TROLLEY
प्रतिक्रिया
Advertisement
Advertisement
ताजा अपडेट
संघीयता पूर्ण कार्यान्वयनको ‘रोडम्याप’: यी हुन् तत्काल गर्नुपर्ने १४ मुख्य कार्य

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206

Developed By : Websoft IT Nepal Pvt. Ltd.
Skip Advertisement
Advertisement

खोजी गर्नुहोस्