११ साउन २०८२, आइतबार
११ साउन २०८२, आइतबार
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विविध
    • साहित्य
    • अन्तरवार्ता

कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण

Logo
Pulse Khabar बुधबार, आषाढ १८, २०८२

भद्रपुर (झापा) १८, असार : कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ । शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो ।

उहाँका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ । शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिक टन, डिएपी सात हजार पाँच सय ३८ दशमलव ५५ मेट्रिक टन, पोटास सात सय ८७ दशमलव ३५ मेट्रिक टन र चुन एक सय पाँच दशमलव ९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।

शाखाका प्रमुख राजबंशीका अनुसार युरीया प्रतिबोरा आठ सय आठ रुपयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार दुई सय ५८ रुपयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार छ सय ५८ रुपयाँ ५० पैसा र चुन प्रतिबोरा रु दुई सय १५ मा बिक्री वितरण भइरहेको छ । हाल युरीया एक हजार एक सय मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताउनुभयो । शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न पाँच प्रजातीका धानको बीउ विक्री गरेको प्रमुख राजबंशीले जानकारी दिनुभयो । उहाँका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

एक लाख ३८ हजार मानिस लडाइँबाट भागेपछि कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी

निराशलाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

आलेखः फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने सङ्कट

सर्लाही भन्सारले लक्ष्य भेट्टाउन सकेन

हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206

Developed By : Websoft IT Nepal Pvt. Ltd.

खोजी गर्नुहोस्