०१ माघ २०८२, बिहिबार

विराटनगरमा भेटिएको शंकास्पद बस्तु डिस्पोज

दुई जना पक्राउ
Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०१, २०८०

विराटनगर–३ मा कुकर भित्र इटाका टुक्रा भरेर बम जस्तो शंकास्पद वस्तु बनाएर राख्ने दुईजना पक्राउ परेका छन् । बम जस्तो बस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । तर कुकरभित्र इटा भरेर राखेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय छेउमा कुकरलाई टेपले बाँधेर राख्ने इलाम माङ्सेबुङ १ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । उनीहरुले निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउँदै आएको गुनासो थियो । अझै आतंकित बनाउन उनीहरुले नै शंकास्पद वस्तु राखेको मोरङ प्रहरीका उपरीक्षक दिपक पोखरेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ ईन्च लम्बाईको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ । यस्तै सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम बरामद भएको छ । अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोग सम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206