०१ भाद्र २०८३, सोमबार

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

Logo
Pulse Khabar आइतबार, साउन ३१, २०८३

सप्तरी: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्न आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालमा सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटरलगायत अन्य अत्याधुनिक उपकरण जडानका लागि ठाउँको अभाव भएकाले भदौभित्रै नयाँ भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था जानकारी लिन राजविराज आउनुभएकी स्वास्थ्यमन्त्री मेहताले अस्पतालमा भवनको अभाव रहेकाले यथाशीघ्र निर्माण गरी हस्तान्तरण गर्न सरोकार भएकालाई आग्रह गर्नुभयो ।करिब रु ३१ करोडको लगानीमा निर्माण गरिएको उक्त अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि यहाँका अधिकांश समस्या समाधान हुने बताउँदै उहाँले आगामी भदौभित्र भवन हस्तान्तरण गरी अस्पतालको सेवाप्रवाह व्यवस्थित बनाउन सहकार्य र समन्वय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।अस्पतालको सभाकक्षमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको समस्या बुझ्न र समस्या पहिचान गरी समाधान खोज्न स्थलगत अवलोकन गरिएको बताउनुभयो ।

टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित भारदह अस्पताल, राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको छ ।हाल ५० शय्यामा सञ्चालन भइरहेको अस्पतालमा सेवा विस्तार गरी एक सय शय्या पुर्‍याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । राजविराजमै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि यहाँका सर्वसाधारणलाई उपचार सहज र छिटो प्राप्त उहाँले उहँँले विश्वास व्यक्त गर्नुभयो ।मन्त्री मेहताले प्रतिष्ठानका लागि चालु आवमा रु ५० करोड बजेट छुट्याइएको जानकारी दिँदै अब ऐन पारित गरी प्रतिष्ठानको निर्माण पनि छिट्टै अघि बढाइने बताउनुभयो । टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहता, प्रतिनिधिसभाका सदस्यद्वय डा अङ्किता ठाकुर र पुष्पा चौधरीसहित सहभागी हुनुहुन्थ्यो । अस्पतालका अधिकृत सूर्यकान्त झाले हाल ५० शय्याको स्वीकृति प्राप्त गरी ठूलो सङ्ख्यामा बिरामीलाई सेवा प्रदान गर्दै आउनुपरेको बताउनुभयो ।

उहाँले थप शय्या विस्तार गर्न तथा नर्सिङ कलेजका लागि नयाँ भवन तयार भए पनि जनशक्ति र बजेट अभावका कारण सञ्चालन हुन नसकेकाले आवश्यक व्यवस्था गर्न मन्त्री मेहतालाई आग्रह गर्नुभयो ।उहाँले लामो समयदेखि अस्पताल विकास समिति गठन हुन नसकेकाले समिति गठन गर्नुपर्ने, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण गर्नुपर्नेलगायत चारबुँदे अनुरोधपत्र मन्त्री मेहतालाई बुझाउनुभएको थियोे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र मण्डलको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा स्थानीयका तर्फबाट दीपेन्द्र चौधरीले अस्पताल सुधारका १५ बुँदे ज्ञापनपत्र मन्त्री मेहतालाई बुझाउनुभयो । उहाँले नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसकेको भन्दै पहलका लागि मन्त्री मेहताको ध्यानाकर्षण गराउनुभएको थियोे ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206