०१ भाद्र २०८३, सोमबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

Logo
Pulse Khabar आइतबार, साउन ३१, २०८३

मुस्ताङ: मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो छ ।

यो जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार एम्बुलेन्स पटकपटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ । “अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ”, उहाँले भन्नुभयो ।प्राकृतिक विपद्, दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानका अस्पतालमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या जटिल हुने गरेको उहाँले बताउनुभयो । नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटकपटक माग गरिए पनि हालसम्म प्राप्त नभएको उहाँले दुखेसो गर्नुभयो ।

अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएपछि बिरामीलाई समस्या थपिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गर्नुभयो ।मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा आठ वटा एम्बुलेन्स भए पनि आधा मात्र सञ्चालनमा छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स छैन । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका रहेका एम्बुलेन्स भने सुचारु रुपले चलेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206